प्रशिक्षक

आवेदन

तालीम कार्यक्रम

तालिम केन्द्र


लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको परिचय

लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी कार्यहरु गर्न केन्द्रियस्तरमा संघीय सरकारको स्थायी संस्थागत संरचनाको रुपमा नेपाल सरकार(मन्त्रिपरिषद्) को मिति २०७६।१०।२० को निर्णयानुसार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको स्थापना भएको हो । यो केन्द्र त्रिपुरेश्वर, काठमाडौंको उद्योग परिसरभित्र रहेको छ ।

ऐतिहासिक विकासक्रम

नेपालमा वि.सं. १९९६ मा नेपाली कपडा र घरेलु इलम प्रचार अड्डाको स्थापनावाट सीपमूलक तामिमको थालनी भएको पाइए तापनि ब्यवस्थित रुपमा आ.व. २०१३/१४ मा घरेलु इलम केन्द्रको स्थापना भएपछि विभिन्न विषयको सीपमुलक तालिम प्रदान गर्ने प्रयास गरिएको पाइन्छ । यसरी स्थापना भएको घरेलु इलम केन्द्रलाई आ. व. २०२१/२२ देखी अञ्चल / केन्द्रमा परिणत गरिएपछि जिल्लास्तरमा विस्तार गरेको पाईन्छ । आ. व. २०२२/२३ मा घरेलु इलम केन्द्रलाई घरेलु तथा ग्रामिण उद्योग विभागको प्राविधिक शाखाको रुपमा कायम गरीयो । आ. व. २०५८/५९ देखि साना उद्योग प्रशिक्षण केन्द्रमा परिणत गरि तालिमको प्रकृतिमा पनि समायोजन गरियो । आ. व. २०५८/५९ देखि विगतमा घरेलु तथा साना उद्योग विभाग अर्न्तर्गत छुटै आयोजनाको रुपमा सन्चालित छाला वस्तु प्रवर्द्धन आयोजना, सेरामिक्स आयोजना, हाते कागज आयोजना र २०५९/६० मा तयारी पोशाक आयोजनालाई समेत समायोजन गरी घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्रको पुनः संरचना गरिएको छ । तालिमको प्रकृतिमा पनि समायोजन गरी लामो समयको औपचारिक तालिम सञ्चालन नगरी वढीमा २ महिना अवधिसम्मको वस्तुगत तथा व्यवसायमूलक सीप विकास तथा क्षमता अभिवृद्धि तालिम र अन्य अल्पकालिन तालिमहरु सञ्चालन गर्ने गरिएको छ ।

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको उदेश्य

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका उदेश्यहरु देहाय बमोजिम रहेका छन्।
१. लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी नीतिगत सहजीकरण गर्ने ।
२. लघु उद्यम, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्द्धन सम्बन्धी प्रदेशहरुसंग समन्वय र अभिलेख अद्यावधिक गर्ने ।
३. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी कोषहरुको परिचालन गर्ने ।
४. लघु उद्यम, घरेलु तथा साना उद्योग सम्बन्धी राष्ट्रियस्तरमा कार्यक्रम संचालन, उत्पादित वस्तुहरुको मूल्य श्रृखला कायम गर्ने ।
५. दातृ निकायहरुको सहायता र कार्यक्रमहरुको समन्वय गर्ने ।